Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

दमक, १ असोज । प्रेस संगठन नेपाल झापाले माईपश्चिम तदर्थ कमिटी गठन गरेको छ । झापाको दमकमा विहिवार भएको भेलाले डिकेश लामाको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

गठित समितिको सहसंयोजकमा लोकनाथ रिजाल रहेका छन् । सदस्यहरूमा प्रेम यम्फू राई, गोमा घिमिरे, गोविन्द लुहागुन, सुमित भण्डारी र सविन खतिवडा रहेका छन् । भेलाले तदर्थ समितिको प्रथम बैठकले दुई सदस्य थप गरी ९ सदस्यीय बनाइने साथै छिटै साधारण सभा सम्पन्न गरिने निर्णय समेत गरेको छ ।

संगठनका झापा अध्यक्ष झुलन रेग्मीको सभापतित्वमा भएको भेलामा संगठनका केन्द्रिय सदस्य तथा भेलाका प्रमुख अतिथि विमल लामिछानेले संगठनले नवगठित समितिलाई पत्रकारको क्षमता विकासकालागि काम गर्न निर्देशन दिएका छन् ।

संगठनका प्रदेश नं. १ उपाध्यक्ष डण्डिराज घिमिरेले संगठनको गठन र औचित्वबारै प्रकाश पारेका थिए । भेलालार्ई संगठनका जिल्ला सचिव उद्धव पुरीले सञ्चालन गरेका थिए । संगठनले झापामा संगठन विस्तारलाई तीव्रता दिएको छ । सोही अभियान अन्तर्गत संगठनले मेचीनगर, बिर्तामोड र भद्रपुर आर्कमा पनि चाँडै क्षेत्रीय कमिटी गठन गर्ने सचिव पुरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया