Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, ३१ भदौ २०७८ । सुर्तीजन्य पदार्थमा कर बढाउँदै सार्वजनिक स्थानमा निषेध गर्न सरोकारवालाले आग्रह गरेका छन् ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले बिहीबार गरेको कार्यक्रममा उनीहरूले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन कानुनलाई कडाइका साथ कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष डा। ज्योती बानियाँले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनमा प्रदेश र स्थानीय तहको दायित्व तोकिने गरी कानुन बन्नुपर्ने बताउनुभयो ।

कानुन कार्यान्वयन गराउने व्यक्तिहरूलाई नै बढी जिम्मेवार बनाएर करको दायरा फराकिलो बनाइ प्रयोग घटाउनुपर्नेमा उहाँको जोड छ ।

कार्यक्रममा योजना आयोगकी सदस्य सलोनी सिंहले सुर्तीजन्य पदार्थका कारण बढेको नसर्ने रोगहरूका विषयमा धेरैमा जानकारी फैलाउनुपने बताउँदै कानुनी प्रावधान कार्यान्वयन गराउने विषय आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपालमा ३३ प्रतिशत व्यक्तिले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको तथ्याङ्क छ । जसमध्ये ग्रामीण क्षेत्रका मात्र ३९ प्रतिशत व्यक्ति रहेका छन् । नेपालमा वार्षिक ४७ अर्ब रुपैयाँको सुर्तीजन्य पदार्थ प्रयोग हुने गरेको छ ।

 

तपाईको प्रतिक्रिया