Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

बैतडी, ३१ भदौ २०७८ । बैतडीमा नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा स्वयंसेविकालाई कारागार चलान गरेको छ ।

अबैध सम्बन्धबाट जन्मिएको नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा डिलाशैनी गाउँपालिका-७ की ३५ वर्षीया माधवी कार्कीलाई बिहीबार कारागार चलान गरेको प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिनुभयो । उनी महिला स्वयंसेविका हुन ।

कार्कीलाई जिल्ला अदालत बैतडीका न्यायाधीश तीलकबहादुर कार्कीको एकलले इजलासले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

कार्कीले यही भदौ ६ गते अबैध सम्बन्धबाट गर्भ रहेर जन्मिएको शिशुलाई जन्मिनेबितिक्कै केराको साप्रोले घाँटी निमोठेर हत्या गरेको देखेपछि परिवारले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ ।

त्यसपछि प्रहरीले महिला स्वास्थ्य स्वयंसेविका समेत रहेकी ति महिलालाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीले अनुसन्धान गरि अदालतमा पेश गरेको थियो ।

उनका श्रीमान १० वर्षअघि वैदेशिक रोजगारी गएका र उतै बेपत्ता रहेका प्रहरीले जनाएको छ ।

घरपरिवारबाट अलग बस्ने गरेकी माधवीको गाउँकै १७ वर्षीय किशोरसँग अबैध सम्बन्ध रहेको प्रहरीले जनाएको छ ।

अबैध सम्बन्धबाट माधवी गर्भवती भएपछि किशोरले माधवीसँगै विवाह गर्ने सहमती गरेका ती किशोर हाल फरार रहेका छन् । ति महिलाको घरमा १३ वर्षीय छोरा पनि छ ।

 

तपाईको प्रतिक्रिया