Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

बिनिता निरौला
गौरादह, २५ भदौ । नेकपा एमाले निकट जनवर्गीय संगठन क्युपेक नेपाल नगर कमिटी गौरादहको छैठौं नगर अधिबेशन सम्पन्न भएको छ। क्युपेक नेपाल गौरादहको छैठौं नगर अधिबेशनले पुन: सन्तोष ताजपुरियाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ। नव गठित समितिको उपाध्यक्षमा राजु कर्माकार, सचिबमा तेज नारायण चौधरी, सहसचिबमा संगलु ताजपुरिया र कोषाध्यक्षमा छविलाल राजवंशी रहेका छन्।

सदस्यहरुमा राज कुमार ताजपुरिया, खेम बिष्ट, सरिता बिक, भोज बहादुर बस्नेत, अम्बर चौहान, कुसिला ताजपुरिया रहेका छन्। क्युपेक नेपाल गौरादहमा आबद्ध ११ जना सदस्यहरुलाई यस पटक जीवन बिमा गरेको छ। क्युपेक नेपालले सदस्यहरुलाई १ लाख बराबरको एसियन लाइफ इन्स्योरेन्स कम्पनीबाट जीवन बिमा गरेको हो।

क्युपेक नेपाल नगर कमिटी गौरादहका अध्यक्ष सन्तोष ताजपुरियाको अध्यक्षतामा सम्पन्न अधिबेसनमा नेपाल जिफण्ट प्रदेश नं १ सचिब अमृत कुमार लिङदेन प्रमुख अतिथि रहेका थिए। त्यस अवसरमा क्युपेक नेपालका जिल्ला अध्यक्ष देब कुमार राई, जिल्ला सह-सचिब कमल निरौला, नेकपा एमाले नगर कमिटी गौरादह अध्यक्ष मित्र देब काफ्ले, नेकपा एमाले नगर कमिटी सचिवालय सदस्य दिलिप कुमार भण्डारी र सल्लाहकार गोल सिंह ताजपुरिया लगाएतले शुभकामना मन्तब्य राखेका थिए।

अमृत कुमार राईले स्वागत मन्तब्य राखेको कार्यक्रममा क्युपेक नेपाल गौरादहका सचिब तेज नारायण चौधरीले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया