Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, २२ भदौ २०७८ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बुधबार संघीय संसदका दुवै सदन आह्वान भएकाले एमालले संसदीय दलको बैठक बोलाएको हो ।

बुधबार बिहान ९ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्न लागेको पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

संघीय संसदको बैठक दिउँसो दिउँसो ४ बजे बोलाइएको छ । बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुने छ ।

सोमबार राजधानीमा आयोजित युवासंघको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोस व्यक्त गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया