Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

सुनसरी, २२ भदौ २०७८ । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सडकमै बिरामीको उपचार सुरु गरेका छन् । तीनदिन अघिदेखि काम बहिष्कार गरेका चिकित्सकहरुको आजबाट सडकमै बिरामीको उपचार सुरु गरेका हुन् ।

दैनिक २ हजार ५ सय बिरामीको उपचार हुने प्रतिष्ठानमा चिकित्सकहरुले काम बहिष्कार गरे पछि ओपीडी सेवा ठप्प भएको छ । बीपी प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरुले टिकट नै नकाटी बिरामीको परीक्षण गरेका छन् ।

प्रतिष्ठान बाहिर पट्टिको सडकमा टेबल राखेर प्रतिष्ठानमा उपचार गर्न आएका बिरामीहरुको चिकित्सकहरुले परीक्षण गरेकाहुन् । कोरोना माहामारीमा बिरामीहरुको समस्यालाई मध्यनजर गर्दै सडकमै उपचार गरिएको प्रतिष्ठान शुद्धिकरण अभियानका सहसंयोजक डाक्टर विष्णु पोखरेलले बताउनुभयो ।

प्रतिष्ठानमा आएका सर्जरी, हाडजोर्नी, प्रसुति, मानसिक, छाला र नाक, कान घाँटी रोगलगायतका बिरामीलाई सडकमै परीक्षण गरिएको प्रतिष्ठानको जुनियर रेसिडेन्ट वलफेयर सोसाइटीका अध्यक्ष डाक्टर पदम नेपालीले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया