Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

गौरादह, २१ भदौ २०७८ । झापाको भद्रपुरमा डकैती गर्न योजना बनाएका ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पक्राउ पर्नेमा मेचीनगर नगरपालिका( १४ निवासी २७ वर्षीय कृष्ण बिर्जा, सोही वडाका १९ वर्षीय शैलेश राजवंशी, २० वर्षीय विष्णु भण्डारी र १९ वर्षीय कमल विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।

कृष्ण जन्माष्टमीको राती साढे ११ बजे भद्रपुर९ प्रणामी टोलका अशोक तिम्सिनाको घरमा श्रीमती र नाबालक छोरा मात्र भएको अवस्थामा झ्यालको रड बङ्ग्याएर उनीहरू डकैत गर्न पुगेका थिए । तिम्सिनाको घरमा दुई जना डाकाको रुपमा घरमा प्रवेश गरेका थिए, भने दुई जना प्रहरी पोसाकमा पुगेका थिए । घरधनी तिम्सिना करिब २ किलोमिटर टाढा रहेको मन्दिरमा पूजापाठ गर्न गएको मौका छोपी उनीहरू घरमा प्रवेश गर्दै झ्यालको रड बङ्ग्याउन थालेका थिए ।
झ्यालको रड बङ्ग्याउन थालेको देखेपछि तिम्सिनाकी श्रीमतीले प्रहरीलाई खबर गर्न योजना बनाइन । तर, तत्काल दुई जना प्रहरी पोसाकमा हातमा खुकुरी बोकेर घरमै आइपुगे । त्यसपछि चारै जना मिलेर घर वरिपरि घुमफिर गरी त्यहाँबाट हिँडेका थिए । तिम्सिना आएपछि श्रीमतीले घटनाको विषयमा सुनाएपछि स्थानीय मिलेर खोजतलास गर्दा उनीहरूलाई कृष्ण मन्दिर नजिक फेला परेका थिए । स्थानीयले उनीहरूलाई सोधपुछ गर्दा ‘हामी प्रहरी हौँ, दुई जनाले घरमा डकैती गर्दै गर्दा पक्राउ गरी प्रहरी चौकी लान खोजेको बताए ।

तर, केही स्थानीयले उनीहरू प्रहरी नभएको चिनेपछि त्यहाँबाट फरार भएका थिए । घटनाको बारेमा स्थानीयले प्रहरीलाई खबर गरेपछि चार जनालाई भदौ १८ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । प्रहरीले उनीहरूको साथबाट नेपाल प्रहरीको टाटे पाङग्रे कम्ब्याट ड्रेस एक जोर, सादा चुस्ता ड्रेस एक जोर, कालो रङको छालाको बुट एक जोर र खुकुरी बरामद गरेको थियो । पक्राउ परेका चारै जना माथि डाँका सम्बन्धी मुद्दा दर्ता गराई प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया