Online Bichar
मंगलबार, माघ २९, २०८१ | Tuesday, February 11, 2025

काठमाडौं, १६ भदौ २०७८ । काठमाडौं उपत्यकामा स्थानीय तहहरु र जिल्ला कोभिड संकट व्यवस्थान केन्द्र (डीसीसीएमसी) सँग समन्वय गरेर मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्न पाइने भएको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज काठमाडौमा बसेको बैठकले जारी निषेधाज्ञा भदौ मसान्त सम्म थप्ने निर्णय गरेको हो ।

बैठकले स्मार्ट लकडाउन गर्ने निर्णय गर्नुका साथै विद्यालयहरु भौतिक रुपमा सञ्चालन गर्न नपाइने तर सञ्चालन गर्नै पर्ने भएमा स्थानीय तहहरु र जिल्ला कोभिड संकट व्यबस्थान केन्द्रसँग समन्वय गरेर मात्र गर्न पाइने व्यबस्था गरेको छ ।

 

तपाईको प्रतिक्रिया