Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

गौरादह, ११ भदौ २०७८ । गौरादह नगरपालिकाकि उपप्रमुख गिता भेटुवालका ससुरा बुवाको निधन भएको छ। उपमेयरका ससुरा बुवा लक्ष्मीप्रसाद भेटुवालको ९३ बर्षको उमेरमा घरैमा शुक्रबार बिहान ३ ।२१ मा निधन भएको छ। १९८४ सालमा तेह्रथुम जिल्लाको पोयाखोला गाउँ पन्चायतमा जन्मिएका भेटुवाल बिगत ३ बर्ष अगाडि देखि पोष्टेट क्यानसरबाट पिडित हुनुहुन्थ्यो।

गौरादह नगरपालिका वडा नं (७ मा परिवारका साथ स्थायी बसोबास गर्दै आएका भेटुवाललाई करिब एक महिना अगाडि देखि पोष्टेट क्यानसरले सताएको थियो। भेटुवालको पुर्वाआन्चल क्यानसर अस्पतालमा उपचार गराई घरैमा स्वास्थ्य लाभ लिइरहनु भएको थियो। स्व। भेटुवालका दुई श्रीमतीहरु गंगामाया र धनमाया भेटुवालको यश अघि नै निधन भइसकेको छ। उहाँका ५ छोरा बुहारी, ५ छोरी ज्वाइँ , २५ जना नातिनातिना र १५ जना पनाती पनातीनी रहेका छन। छोरा बुहारीहरु सूर्य ं माया, यज्ञं गिता, नित्य ंसिला, खेम ं कल्पना र सागर ं गंगा भेटुवाल रहेका छन। त्यसैगरी छोरी ज्वाईहरु अम्बिका ं हरी सुबेदी, भगवती ं टेक बहादुर कार्की, लक्ष्मी ं दाताराम ढकाल, टीका ं देबेन्द्र ढकाल र राममाया ं कृष्ण ओली रहेका छन।

तपाईको प्रतिक्रिया