Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, ८ भाद्र । नेकपा माओवादी केन्द्र गौरादह नगर कमिटि सदस्य लक्ष्मी प्रसाद ताजपुरियाले गौरादह १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले फेसबुकमा लेखेको भ्रामक सूचना प्रति आपत्ति जनाउदै बिज्ञप्ति प्रकाशन गरेका छन् ।

अध्यक्ष भण्डारीले सामाजिक संजाल फेसबुकमा गौरादहा ७ का लक्ष्मी प्रसाद ताजपुरिया नेकपा एमालेको नगर समितिमा मनोनित भएकोमा बधाई भन्दै भ्रामक समाचार समाजिक संजालमा पोष्ट गरेपछि ताजपुरियाले बिज्ञप्ति मार्फत खण्डन गरेका हुन ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

ताजपुरियाले आफूलाई एमालेको नगर समितिमा मनोनित गरेको भनेर फैलाएको भ्रमात्मक प्रचार झुटो भएको बताएका छन् । उनले आँफू विद्यार्थी हुँदादेखि नै निरन्तर माओवादी पार्टीमा आवद्ध रहेको र हाल माअमोवादी केन्द्रको नगर समिति सदस्य रहेको स्पष्ट पारेका छन् ।

ताजपुरियाले बिज्ञप्ति मार्फत न्याय र परिवर्तनका पक्षधर जनसमुदायलाई नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमामा आवद्धहुन आह्वान समेत गरेका छन् ।

यस्तो छ लक्ष्मी प्रसाद ताजपुरियाले प्रकाशन गरेको बिज्ञप्ति जस्ताको त्यस्तै :– “ म लक्ष्मी प्रसाद ताजपुरिया गौरादह ७ पुरानो ग्वालडुब्बाको स्थायी बासिन्दा हुँ । म राजनीनितक आस्था र जिम्मेवारीको हिसावले विद्यार्थी कालदेखि नै तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीमा आस्थावान कार्यकर्ता हुँ ।

आज अप्रत्यासित रुपमा गौरादह वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीको फेसबुक वालमा मेरो नाम राखेर नेकपा एमालेको नगर कमिटी सदस्यमा मनोनयन गरिएको भन्ने भ्रामक समचार लेखि मेरो नमा सार्बजनिक गरिएकोमा मेरो गम्भिर आपत्ति रहेको छ । म बिगतदेखि नै निरन्तर माओवादी केन्द्र गौरादह नगर कमिटि सदस्यको रुपमा रहेको सर्वबिधितै छ । यो देश माओवादी जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका एजेण्डामा अघिबढीरहेको हुँदा म सम्पूर्ण न्यायप्रमी परिवर्तनका पक्षधर जनसमुदायलाई नेकपा माओवादी केन्द्रको झण्डामा गोलबद्ध हुन हार्दिक अनुरोध समेत गर्दछु ।

लक्ष्मी प्रसाद ताजपुरिया
नगर कमिटि सदस्य
नेकपा माओवादी केन्द्र, गौरादह नगर कमिटि

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया