Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, ८ भदौ २०७८ । कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो ।

समितिकी सभापति जयपुरी घर्तीले जनस्वास्थ्यका मापदण्ड पालना गरी अन्य परीक्षाहरु भइरहेको भन्दै कक्षा १२ को परीक्षा गराउन निर्देशन दिएकी हुन् ।

समितिका सदस्यहरुले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयबीचको समन्वयमा तत्काल परीक्षा गराउनुपर्नेमा जोड दिएका छन् ।

कोरोना संक्रमण जोखिम रहेको भन्दै साउन ३१ देखि हुन लागेको परीक्षा स्थगित भएको थियो । सरकारले भने विद्यार्थीलाई कोरोना विरुद्वको खोप लगाएर परीक्षा गराउने तयारी गरेको छ ।

 

तपाईको प्रतिक्रिया