झापा, ७ भदौ २०७८। झापामा ८ महिनाको शिशुसहित एक दम्पतीले सामूहिक आत्महत्या गरेका छन् । कोरोना संक्रमण लागेका ती परिवारले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेको प्रहरी कार्यालय झापाले जनाएको छ । आत्महत्या गर्ने कनकाई नगरपालिका-१ का ४० वर्षीय रविन विश्वकर्मा उनकी श्रीमती २९ वर्षीय मुना विक र ८ महिनाकी छोरी रुविना रहेका छन् ।
मृतक रविन वैदेशिक रोजगारीमा जानका लागि केहि दिन पहिले काठमाडौं गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयले बताएका छन् ।
उनीहरूले एकसाथ झुन्डिएर नानीलाई समेत साथमा लिई आत्महत्या गरेका हुन । उनीहरूको मृत्युसँगै घरका सबै जनाको मृत्यु भएको छ । साउन ३१ गते गरिएको कोरोना रिर्पोटमा उनी पनि पोजेटिभ थिए ।टाइम्स अफ प्रदेशबाट साभार






