Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

गौरादह, १९ साउन २०७८ । झापाको गौरादहमा लागु औषध सहित एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार(आज) दिउँसो गौरादह-१ बजारबाट उनलाई पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीको टोलीले गौरादह-१ बस्ने ३७ वर्षिय चालक कृष्ण कुमार ताजपुरीयाको मे.७.प. ६७६७ नं. को Suzuki Gixxer मोटरसाइकल खान तलासी गर्दा प्रतिबन्धित लागू औषध ३६ ग्राम ब्राउन सुगर सहित उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

प्रहरीले नियन्त्रणमा लिए लगत्तै सोधपुछ गर्दा ताजपुरियाले गौरादह-२ बस्ने सुमन कुमार कार्कीबाट किनेको हो भन्ने जानकारी गराउना साथ कार्कीको घरमा खान तलासी गर्दा ३० ग्राम खैरो हेरोइन जस्तो देखिने लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । कार्की भने फरार रहेको र कडाईका साथ खोज तलासको कार्य भइरहेको जनाइएको छ । यस्तै, पक्राउ परेका ताजपुरियालाई थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि ईलाका प्रहरी कार्यालय दमकमा राखिएको भोलि झापा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप कानुनी प्रक्रिया अगाडि बढाईने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक राकेश थापाले जानकारी दिनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया