Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौँ, १९ साउन २०७८ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार गरिएको कोभिड(१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको सरुवालाई मात्रै सदर गर्दै अन्यको सरुवा स्थगित गरिदिएका छन् ।

स्वास्थ्य मन्त्रालयको जिम्मा समेत सम्हालिरहेका प्रधानमन्त्री देउवाले राज्यमन्त्री उमेश श्रेष्ठले गरेको स्वास्थ्य समन्वय महाशाखामा डा। विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा. रिता भण्डारीको सरुवा गर्ने निर्णय बुधबार स्थगित गर्न निर्देशन दिएका हुन् ।
स्वास्थ्य मन्त्रालयस्थित उच्च स्रोतका अनुसार प्रधानमन्त्री देउवाको निर्देशनमा अन्य सरुवा हाललाई स्थगित गरिएपनि डा। जागेश्वर गौतमलाई प्रसुती तथा स्त्री रोग अस्पतालमा गरिएको सरुवालाई कायम राखिएको छ ।

‘डा.जागेश्वर गौतम बाहेक अन्यको सरुवा स्थगित भएको छ,’ स्रोतले भने, ‘डा. गौतमलाई वीरको प्रमुख प्रशासकीय अधिकारीबाट हटाइएकै हो ।’

यस्तै मन्त्रालयका उच्च स्रोतका अनुसार डा. गौतमको स्थानमा डा. भुपेन्द्र बस्नेतलाई निमित्त प्रमुख दिने तयारी पनि भइरहेको छ। डा. गौतमको सरुवासँगै राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जनलाई वीरको प्रशासकीय अधिकारीको जिम्मेवारी दिइएको थियो । मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले समेत सरुवाको निर्णयलाई पुष्टि गरेका थिए ।

 

तपाईको प्रतिक्रिया