Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, १९ साउन २०७८ । झापाको विभिन्न स्थानबाट लागू औषधसहित तीन जना पक्राउ परेका छन् । सोमबार बेलुका ६ बजे गौरीगञ्ज गाउँपालिका ६ जनता चौकबाट इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले गौरादह नगरपालिका-१ का २० वर्षीय सुरेश ताजपुरियालाई लागू औषध ट्रामाजेक १५० क्याप्सुल, नाईट्रोभेट २६ क्याप्सुल र कोरेक्स १ बोतलसहित पक्राउ गरेको हो ।

त्यसैगरी सोमबार बेलुका पौने ८ बजे मेचीनगर नगरपालिका-२ स्थित भृकुटी चौकमा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट आउँदै गरेको ध्द्यठद्धच् टछण्द्ध नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्दा उक्त मोटरसाइकलको भाईजरमा लुकाई छिपाई ल्याउँदै गरेको लागू औषध ब्राउन सुगर १ ग्राम फेला परेपछि मोटरसाइकलमा सवार मेचीनगर नगरपालिका १ का २१ वर्षीय सुलन देवान र पछाडि सवार सोही स्थानका २० वर्षीय मिङमा तामाङलाई पक्राउ गरिएको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया