Online Bichar
मंगलबार, चैत्र ०६, २०८० | Tuesday, March 19, 2024

गौरादह, १८ साउन २०७८ । झापाको बिर्तामोडबाट लागू औषधसहित २ जना व्यक्ति पक्राउ परेका छन् । बिर्तामोड-३ बाट सोमबार दिउँसो प्रतिबन्धित लागू औैषध ब्राउन सुगरसहित उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको संयुक्त टोलीले मे.८.प.७३९२ नम्बरको मोटरसाइकलमा सवार हल्दिबारी-१ बस्ने २० वर्षिय सुवास न्यौपाने र बिर्तामोड-१० ईलामेली टोल बस्ने २४ वर्षिय समिर राईलाई शंका लागि चेक जाँच गर्दा उनिहरुको साथबाट १२ ग्राम ब्राउन सुगर र मोटरसाईकल सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा ल्याइएको र भोली झापा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिएर थप कानुनी प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया