Online Bichar
मंगलबार, माघ २९, २०८१ | Tuesday, February 11, 2025

काठमाडौं, १८ साउन २०७८ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ ।

सोमबार मन्त्रालयमा आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गर्नुभएको हो । उहाँले पदमा रहँदासम्म आफू संलग्न व्यवसायबाट पनि अलग रहनुभएको छ ।

राज्यमन्त्री श्रेष्ठले चैतभित्रमा सबै नागरिकलाई खोप लगाउने प्रतिबद्धता जनाउनुभयो ।

 

तपाईको प्रतिक्रिया