Online Bichar
मंगलबार, चैत्र ०६, २०८० | Tuesday, March 19, 2024

गौरादह, १६ साउन २०७८ ।  झापाको दमकबाट तास खेलिरहेको अवस्थामा नगद सहित ६ जना पक्राउ परेका छन् । तास खेलिरहेको अवस्थामा होटल संचालक पदम सुब्बा सहित ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । दमक नगरपालिका-८ मा ३२ वर्षिय पदम सुब्बाले सञ्चालन गरेको पेरुङ्गो होटलमा जुवाजन्य खेल खेल्दै गरेको भन्ने सूचना पाउन साथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले तास खेलिरहेको अवस्थामा सुब्बा सहित ६ जनालाई फेला पारी नियन्त्रणमा लिइएको जनाएको छ ।

पक्राउ पर्नेमा होटल संचालक पदम सुब्बा, दमक-५ का २९ वर्षिय कैलास लिम्बु, ३३ वर्षिय मोहन ढुंगाना, दमक-६ का ३८ वर्षिय दोर्णचार्य कार्की, ५० वर्षिय प्रेम सुब्बा र ५० वर्षिय भिम सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । प्रहरीले घट्नास्थलबाट नगद १ लाख ६० हजार रुपैयाँ, ३ बुङ तास र खालमा ओछ्याइएको कपडा सहित उनिहरुलाई पक्राउ गरि थप आवश्यक कानुनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया