Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

बिनिता निरौला
गौरादह, १५ साउन २०७८ । गौरादह नगरपालिका वडा नं.९ को बैगुन्धुरामा स्थानिय बासिहरूलाई आवत जावतमा सहजता र चोरि चाकरी नियन्त्रण गर्ने उदेश्यले सडक बत्ति जडान गरिएको छ। वडाले वडा सिलिङ बजेटबाट नागरिकलाई काममा सहजताका लागि ५ लाख रूपिया विनियोजित गरेर विजुलिका पोलमा सडक बत्ति जडान गरिएको हो । सडक बत्ति जडान गर्नु अगाडि वडाबासिहरूलाई रातको समयमा अति आवश्यक काम पर्दा आवत जावत गर्न कठिनाई भएको थियो ।

वडाबासिहरूले साँझपख अति आवश्यक काममा बाहिर निस्किनु पर्दा टर्चलाइट वा मोवाइलको बत्ति बालेर हिड्नु पर्ने बाध्यता थियो । सडक बत्ति जडान भएपछि हातमा लाइट बोकेर हिड्नु पर्ने बाध्यताको अन्त्य भएको छ भने चोरि चाकरी नियन्त्रण हुने अपेक्षा गरिएको सडक बिस्तार समितिका अध्यक्ष गोपाल भट्टराईले जानकारी गराए।

वडाले पहिलो चरणमा बैगुन्धुरा क्षेत्रको मुख्य र ब्यस्त सडकमा ९५ वटा पोलमा सडक बत्ति जडान गरेको वडा नं.९ का वडाध्यक्ष सिताराम भट्टराईले जानकारि गराए । विकासका पुर्वाधारहरूलाई अगाडि बढाउदै नागरिकलाई सहज आवतजावतका लागि ब्यस्त सडकहरु झमक चौक बैगुन्धुरा, बैगुन्धुरा ठाकुरमारी, बैगुन्धुरा कमल खोला, बैगुन्धुरा पुष्पलाल चौक सडकमा बत्ति जडान गरिएको अव्यवस्थित बिधुत पोल व्यवस्थापन समिति अध्यक्ष दिवश पति पोख्रेलले जानकारी गराए। सडकमा भएका पोलमा सडक बत्ति जडान गरे सँगै साँझको समयमा हिड्डुल गर्न सहज हुनुका साथै चोरी नियन्त्रण हुने स्थानीय रोशन गिरीले बताए। आगामि आर्थिक वर्षको बजेटमा मानिसहरूको आवत जावत बढि हुने सहकमा सडक बत्ति थप गरिने वडाध्यक्ष भट्टराईले जानकारी गराए। वडाको वडा सिलिङ बजेटलाई सबै क्षेत्रमा समान रुपमा बितरण गरिएकोले ठुलो क्षेत्र भएपनि बिकाश निर्माणकार्य तिब्र गतिमा भइरहेको वडा सचिब राम प्रसाद दहालले जानकारी गराए।

तपाईको प्रतिक्रिया