Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

गौरादह, ५ साउन २०७८ । झापाको गौरादहमा मोटरसाइकलको ठक्करबाट गएराति एक पैदलयात्रीको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका गौरादह-३ का ७२ वर्षिय चेत बहादुर दाहालको मृत्यु भएको हो । दुर्घटनामा अर्का एक पैदलयात्री,मोटरसाइकल चालक सहित ३ जना घाइते भएका छन ।

सोमबार राति अन्दाजी ८ः४५ बजेको समयमा गौरादह बजारको उत्तरबाट दक्षिण तर्फ जाँदै गर्दा प्र१-०१-०१२ प ५९९० नम्बरको मोटरसाइकल चालक भरत रिजालले पैदलयात्री चेत बहादुर दाहाललाई ठक्कर दिँदा उनको टाउको, अनुहार र दुवै खुट्टामा गम्भिर चोट लागेको थियो भने, सोही स्थानका अर्का एक पैदलयात्री ४७ वर्षिय मोहन प्रसाद उप्रेतीको निधार र बाँयाखुट्टामा चोट लागेको थियो । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका दाहाल र सामान्य घाइते भएका उप्रेतीलाई लाई उपचारका लागि दमकको लाइफलाइन अस्पतालमा पठाइएकोमा त्यहाँ सामान्य उपचार पश्चात बिराटनगरको नोवेल हस्पिटमा रेफर गरिएकोमा उपचारको क्रममा नोवेलमा नै दाहालको मृत्यु भएको झापा जिल्ला प्रहरी कार्यालयका प्रवत्ता राकेश थापाले जानकारी दिनुभयो ।

ठक्कर दिने मोटरसाइकल चालक गौरादह-४ का २८ वर्षिय भरत रिजाल र मोटरसाइकलको पछाडी सवार गौरादह-४ कै २६ वर्षिय रविन पौडेलको लाइफलाइनमा उपचार भैरहेको जनाइएको छ । उनिहरु दुवैजनाले मादकपदार्थ सेवन गरि सवारीसाधन चलाएको पाइएको प्रहरी बताएको छ । मोटरसाइकल ईलाका प्रहरी कार्यालय गौरादहको नियन्त्रणमा रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया