Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, ४ साउन २०७८ । सरकारले बुधबार सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन ६ गते बुधबार इस्लाम धर्मावलम्बीको ठूलो पर्व बकर इदको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यस्तै सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई असोज मसान्तसम्म लागु हुनेगरी विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

यस्तै, सरकारले भारतसँगको उडान संख्या थप गर्दै हप्तामा तीनपटक आवतजावतको व्यवस्था गरेको छ । कोभिड महामारीका कारण यसअघि भारतका हप्तामा एउटा उडान मात्र हुने गरेको थियो ।

मन्त्रिपरिषद्ले खोप उपलब्ध गराउने सम्पूर्ण छिमेकी र मित्रराष्ट्रलाई धन्यवाद दिँदै अनुदान वा खरिदबाट थप खोप उपलब्ध गराउन खोप उत्पादक र अन्य मित्र राष्ट्रलाई आह्वान गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताउनुभयो ।

त्यसैगरी, ओली सरकारले नियुक्त गरेका ११ जना राजदूतको नियुक्तिको निर्णय खारेज गर्दै उनीहरूलाई फिर्ता बोलाउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

 

तपाईको प्रतिक्रिया