Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ४ साउन २०७८ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले २२ जना सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

आइतबार संसदमा पार्टी निर्णयविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई अनुशासनको कारबाहीस्वरूप स्पष्टीकरण सोध्ने निर्णय भएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

त्यस्तै, बैठकले एमालेको विवाद समस्या समाधान गर्न बनेको कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई पनि अनुमोदन गरेको छ । बैठकले गल्ती स्वीकार गरी पार्टीमा फर्कन चाहनेलाई अन्तिम अवसर दिने निर्णय गरेको पनि ज्ञवालीले बताउनुभयो ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव गर्नुभएको थियो । बैठक मंगलबार मंगलबारसम्मका लागि स्थगित भएको छ ।

बैठकमा नेपाल समूहका नेताहरू सहभागी भएका थिएनन् भने माओवादी केन्द्रबाट एमालेमा आएका रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरूको उपस्थिति थियो ।

 

तपाईको प्रतिक्रिया