Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

गौरादह, ४ साउन २०७८ । झापाको गौरादहमा आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ परेका छन् । मोरङको रंगेली नगरपालिका-९ सखुवाथान घर भई हाल गौरादह-१ सितलचौक बस्ने ३९ वर्षिय सजिलाल रिख्यासनले असार ३१ गते बिहिबार बिहान अन्दाजी ७ बजे आफ्नै श्रीमती ३४ वर्षिया संगिता टुडुको हत्या गरी फरार भएका थिए ।

झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाका अनुसार मृतक महिलाकि श्रीमान रिख्यासनले श्रीमती संगिता टुडुलाई खेत नजिक रहेको टहरामा लगि निर्ममता पुर्वक कुटपिट गरी हत्या गरी फरार भएका थिए । कुटपिट पश्चात फरार रहेका सजिलाल रिख्यासनलाई पक्राउ गर्न दमक प्रहरीले फेसबुक मार्फत वान्टेड नोटिस समेत जारी गरेको थियो । हत्यारालाई इलाका प्रहरी कार्यालय दमक, गौरादहबाट खटिएको संयुक्त प्रहरी टोली र इलाका प्रहरी कार्यालय रंगेली मोरङ सँगको समन्वयमा पक्राउ गरिएको जनाइएको छ । श्रीमतीको हत्या गरी फरार रहेका रिख्यासनलाइ हत्या भएको ५ दिनपछि मोरङ रंगेली नगरपालिका-९ सखुवाथानबाट लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी ईलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया