Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौँ, २९ असार २०७८ । प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज पाँच बजे भित्र प्रधानमन्त्रीमा नियुक्त गर्ने सर्वोच्चको परमादेशसँगै प्रधानमन्त्री नियुक्त गर्ने तयारी शुरु भएको छ ।

प्रधानमन्त्रीको शपथ सम्बन्धी सर्वोच्चले पठाएको पत्र राष्ट्रपतिको कार्यालयलाई प्राप्त भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी जानकारी दिनु भयो ।

आज पाँच बजेसम्मको समय सिमा तोकिएको सर्वोच्चको पत्र प्राप्त भएकाले यसवारे चाँडै निर्णय गर्ने तयारी भएको प्रमुख स्वकीय सचिव अधिकारीले जानकारी दिनुभएको छ ।

आजै प्रधानमन्त्रीमा देउवालाई शपथ ग्रहण गराउने तयारी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया