Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, २३ असार २०७८ । देशभर अविरल वर्षासँगै आएको बाढी पहिरोमा परेर जेठ ३१ देखि असार २३ गते सम्म भएका २ सय ७० वटा घट्नामा ४५ जनाको मृत्यु भएको छ । २४ दिनको अवधिभर ५० जना घाइते भएका छन् भने, ३४ जना अझै बेपत्ता रहेको गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रको तथ्यांकले जनाएको छ । केन्द्रले बुधबार साँझ ५ बजे मनसुनजन्य घट्नाहरुको अद्यावधिक गरेको तथ्यांक अनुसार यस अवधिभर ४६ जिल्ला प्रभावित भएका छन् ।

केन्द्रका अनुसार प्राकृतिक प्रकोपमा परेर ५ सय ३७ घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् भने १ सय ४८ वटा घर आंशिक रुपमा क्षतिग्रस्त बनेको जनाएको छ । भौतिक क्षतितर्फ सरकारी कार्यालय ३७ वटा, सामुदायीक भवनविद्यालय १० वटा, झोलुङ्गे पुल २५ वटा, पक्कि पुल १६ वटा, हाइडो २५ वटा, मोटरेवल काठको पुल ७ वटा र बैंक बित्तिय संस्था २ वटा प्राकृतिक प्रकोपका कारण क्षतिग्रस्त बनेको केन्द्रले जनाएको छ ।

यस्तै, प्राकृतिक प्रकोपका कारण कारण आईतबारदेखि सुनसरीको मकालु गाउँपालिका-३ नयाँ बस्तीमा पहिरो खसि २० मि. बाटो कटान गरेको बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ । संखुवासभाको धर्मदेवि नगरपालिका-४ छुमुङभिरमा पहिरो खस्दा कोशि राजमार्ग अवरुद्ध भएको छ । यस्तै, मोरंगको रतुवामाई नगरपालिका–३ चौकी घाटको हुलाकी राजमार्गमा बाढीको कारण पुल कटान गरेकोले बाटो अवरुद्ध भएको जनाइएको छ ।

यस्तै, सिन्धुपाल्चोकको हिमरिभर हाइड्रोपावर जाने सडक भोटेकोशी गाउँपालिका–२स्थित लिपिङमा पूर्णरुपमा अवरोध भएको छ भने सिन्धुपाल्चोककै अरनिको राजमार्ग भोटेकोशी गाउँपालिका–२ कोदारीमा सडक भासिएर अवरोध भएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका-४ ज्यालाटार ऐ.६ गढी मा पहिरो खस्दा भिमफेदीकुलेखानी९दक्षिणकाली हुँदै हेटौंडा०जाने बाटो पूर्ण रुपमा अवरोध भएको छ । भिमफेदी गाउँपालिका-८ कोगटेमा पिच बाटो बगाएकोले कान्ति लोकपथ अवरुद्ध भएको छ । बकैया गाउँपालिका-१२ ठिङगनमा पहिरो खस्दा कान्ती लोकथप (सातदोबाटोहेटौंडा) बाटो पुर्ण रुपमा अवरुद्ध भएको छ । ईन्द्रसरोवर गाउँपालिका-४,२ महालक्ष्मिमा पहिरो खस्दा हेटौंडाकुलेखानीको राजमार्गमा पहिरो खस्दा पूर्ण रुपमा अवरुद्ध भएको छ ।

यस्तै, ललितपुरको बागमती गाउँपालिका–३ मागको हेटौंडा जाने बाटो वर्षातको कारण अवरुद्ध भएको जनाएको छ । यस्तै, बागमती गाउँपालिका–२ पाङदुर डोल(१ देखि ६ वडाका विभिन्न स्थानमा)पहिरोका कारण कान्ति लोकपथ पूर्ण रुपमा अवरुद्ध भएको छ । गोदावरी नगरपालिका–६ टिका भैरवको कान्ति लोकपथ पहिरोका कारण पूर्ण रुपमा अवरुद्ध भएको छ ।

लमजुङको मस्र्याङदी गाउँपालिका-४ च्याम्चे र रामबजारमा पहिरो खस्दा बेशिशहर-मनाङ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । मस्र्याङदी गाउँपालिका३ अर्खलेमा पहिरो खस्दा बेशिशहर-मनाङ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । बेशिशहर नगरपालिका-६ खरखरेमा पहिरो खस्दा बेशिशहर-मनाङ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।

मनाङको मनाङ–बेँसीहर सडकको चामे गाउँपालिका–३ कोतो, चामे, होम्देबजार पहिरोका कारण अवरुद्ध छन् । यस्तैगरी, बाजुराको बुढिनन्दा गाउँपालिका–२ दाङसाँघुखोलामा नदीले सडक कटान गरेकोले मार्तडी–कोल्टी सडक खण्ड अझै सम्म पूर्ण रुपमा अवरुद्ध रहेको छ । बाजुरा कै बुढीगंगा नगरपालिका-१ आमकोटमा ढुङगा, माटो सहितको पहरो आउँदा साँफे-मार्तडी राजमार्ग अवरुद्ध भएको केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया