Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

झगेन्द्र खड्का
गौरीगंज, २२ असार २०७८ । गौरिगंज गाउँपालिकाले बाल शिक्षक र बिद्यालय कर्मचारीहरुको माग सम्बोधन गर्ने भएपछि आन्दोलन रोकिएको छ। आन्दोलनरत शिक्षक र गाउँपालिका बिच बार्तामा बाल बिकाश शिक्षक र बिद्यालय कर्मचारीको माग सम्बोधन गर्ने सहमति भएपछि आन्दोलन रोकिएको हो।

गौरिगंज गाउँपालिकामा भएको बार्ताको सहमति पत्रमा गाउँपालिकाका तर्फबाट शिक्षा शाखा प्रमुख सुशील दाहाल, बिद्यालय कर्मचारीका तर्फबाट देब कुमार ताजपुरिया र बाल शिक्षकका तर्फबाट तेज कुमारी श्रेष्ठले हस्ताक्षर गरेका छन्। संघिय सरकारले घोषणा गरे अनुसारको पारिश्रमिक स्थानीय सरकारले सुनिश्चित नगरेको भन्दै शिक्षकका पेशागत संगठनहरु आन्दोलनमा उत्रिएका थिए।

गाउँपालिकाले बाल विकास शिक्षक र कर्मचारीको माग सम्बोधन नगरेको भन्दै शिक्षक महासंघ गौरीगंज आन्दोलनमा उत्रिएको थियो। संघिय सरकारले घोषणा गरे अनुसार बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीको पारिश्रमिक सुनिस्चित नगरेपछि शिक्षकका पेशागत संघ संगठनहरूको आव्हानमा शिक्षकहरु आन्दोनमा उत्रिएका हुन्। गौरीगंज गाउँपालिकाले नवौ गाउँसभामा बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरूको माग सम्बोधन नगरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । शिक्षकका पेशागत संगठनहरु नेपाल शिक्षक महासंघ गौरीगंज, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन गौरीगंज लगायत पेशागत संघ संगठनहरूले प्रेस विज्ञप्ति जारी गरेर असार २२ गते विहान ९ बजेदेखि २५ गतेसम्म गाउँपालिकामा धर्ना जुलुस गर्ने जनाएको थियो।

संघिय सरकारले आर्थिक वर्ष २०७८/०७९ को वजेट मार्फत संघिय सरकारले ८ हजार र स्थानिय सरकारले ७ हजार रुपैयाँ व्योर्होनुृ पर्ने र खाजा भत्ता दैनिक १ सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेकोमा सोही अनुसार कार्यान्वयन गर्न माग गरेका थिए। वाल विकास शिक्षक तथा विद्यालय कर्मचारीले अन्य कर्मचारी शिक्षकहरुले पाउदै आएको महंगी भत्ता २ हजार रुपैयाँ पनि उपलब्ध गराउन माग गरेका थिए।नेपाल शिक्षक महासंघ गौरीगंज, बाल विकास समन्वय समिति गौरीगंज र नेपाल विद्यालय कर्मचारी परिषद गौरीगंजले संयुक्तरूपमा माग राख्दै असार १० गते गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापालाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

 

तपाईको प्रतिक्रिया