Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

गौरादह, १९ असार २०७८ । देशभर अविरल वर्षासँगै आएको बाढी पहिरोमा परि ३८ जनाको मृत्यु भएको छ । मनसुन सक्रिय भएसँगै जेठ ३१ गतेदेखि असार १९ गतेको अवधिभर बाढी पहिरोमा परेर ४७ जना घाइते भएका छन् भने ३१ जना बेपत्ता भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रको तथ्यांकले जनाएको छ ।

केन्द्रले शनिबार दिउँसो ५ बजे अद्यावधिक गरेको तथ्यांक अनुसार यस अवधिमा प्राकृतिक प्रकोपमा परेर ५ सय घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् भने १ सय १२ वटा घर आंशिक क्षतिग्रस्त बनेको जनाएको छ ।

यस्तै, भौतिक क्षतितर्फ सरकारी कार्यालय ३६ वटा, सामुदायीक भवनविद्यालय ७ वटा, झोलुङ्गे पुल २२ वटा, पक्कि पुल १४ वटा, हाइडो २५ वटा, मोटरेवल काठको पुल ७ वटा र बैंक बित्तिय संस्था २ वटा प्राकृतिक प्रकोपका कारण क्षतिग्रस्त बनेको केन्द्रले जनाएको छ ।

बाढी, पहिरो र भारी वर्षाका कारण प्रदेश नं.१ का बिहिबारदेखि सुनसरीको बराहक्षेत्र नगरपालिका-१ मोतिडाँडाको चतरा-बराहा क्षेत्र राजमार्गमा पहिरो खसि बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ । खोटाङ्गको हलेसि तुवाचुङ नगरपालिका१ बयेक्तमा अविरल वर्षाका कारण पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ । यस्तै, मोरंगको रतुवामाई नगरपालिका-३ चौकी घाटको हुलाकी राजमार्गमा बाढीको कारण पुल कटान गरेकोले बाटो अवरुद्ध भएको जनाइएको छ ।

यस्तै, प्रदेश २ मा सिन्धुपाल्चोकको हिमरिभर हाइड्रोपावर जाने सडक भोटेकोशी गाउँपालिका–२स्थित लिपिङमा पूर्णरुपमा अवरोध भएको छ भने सिन्धुपाल्चोककै अरनिको राजमार्ग भोटेकोशी गाउँपालिका–२ कोदारीमा सडक भासिएर अवरोध भएको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका–६ गढीमा पहिरोका कारण बाटो पूर्णरुपमा अवरोध भएको छ । यस्तै, भिमफेदी गाउँपालिका(८ कोगटेमा पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ । भिमफेदी गाउँपालिका-१ बाघझोर ऐ.४ ज्यालाटार ऐ.६ गढी मा पहिरो खस्दा भिमफेदीकुलेखानी पूर्ण रुपमा अवरुद्ध भएको छ । यस्तै, सिन्धुलीको फिक्कल गाउँपालिका-६ सांखु खोलामा खोलाको बहाव बढेकोले मध्य पहाडी राजमार्गमा अवरोध पुरयाएको छ ।

यस्तै, ललितपुरको बागमती गाउँपालिका-३ मागको हेटौंडा जाने बाटो वर्षातको कारण अवरुद्ध भएको जनाएको छ । यस्तै, बागमती गाउँपालिका-२ पाङदुर डोल(१ देखि ६ वडाका विभिन्न स्थानमा)पहिरोका कारण कान्ति लोकपथ पूर्ण रुपमा अवरुद्ध भएको छ । गोदावरी नगरपालिका-६ टिका भैरवको कान्ति लोकपथ पहिरोका कारण पूर्ण रुपमा अवरुद्ध भएको छ ।

मनाङको मनाङ–बेँसीहर सडकको चामे गाउँपालिका–३ कोतो, चामे, होम्देबजार पहिरोका कारण अवरुद्ध छन् । यस्तैगरी, बाजुराको बुढिनन्दा गाउँपालिका-२ दाङसाँघुखोलामा नदीले सडक कटान गरेकोले मार्तडी-कोल्टी सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

तपाईको प्रतिक्रिया