Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौँ, ९ असार २०७८ । कोरोना संक्रमण रोकथाम गर्न वैशाख २० गतेदेखि बन्द गरिएको व्यवसायिक आन्तरिक उडान असार १७ गते (५९ औं दिनपछि) देखि सुचारु हुने भएको छ ।

सोमबार मन्त्रिपरिषद्‌ले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने सर्तमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान सुचारु गर्न निर्णय गरेको थियो । उक्त निर्णयलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई भनेको थियो । त्यसअनुसार, पर्यटन सचिव यादव प्रसाद कोइरालाले बुधबार आसार १७ गतेदेखि आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेका हुन् ।

‘सचिव स्तरीय निर्णयले जुलाई १ तारिख (असार १७)देखि आन्तरिक उडान सामान्य अवस्थाको तालिकाका आधारमा ५० प्रतिशतमात्रै सञ्चालन गर्ने निर्णय भएको छ,’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि रोकिएको आन्तरिक उडान ६० औं दिनपछि पुनः सर्तसहित सञ्चालन हुने भएको छ । गत वर्ष कोराना संक्रमण रोकथाम गर्ने उद्देश्यले ०७६ चैत ११ गतेदेखि रोकिएको नियमित आन्तरिक उडान १ सय ७९ दिनपछि असोज ५ गते सर्त र कोटासहित सुचारु भएको थियो । आन्तरिक उडानमा ९ वटा वायुसेवा कम्पनी छन् ।कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया