Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, ८ असार २०७८ । हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेकोले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभावले दिउँसो सामान्य बदली रहनेछ भने, देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले आज(मंगलबार)बिहान ६ बजे मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आगामी तीन दिनको मौसम यस्तो रहेको छ:

२०७८ असार ८ गते (मंगलबार)

दिउँसो : देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको समेत सम्भावना छ।

राती : देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको समेत सम्भावना छ।

२०७८ असार ९ गते (बुधबार)

दिउँसो :देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मति प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

राती :देशभर सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बाग्मति प्रदेश, लुम्विनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

२०७८ असार १० गते (बिहिबार)

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

राती :देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र बाग्मती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

यसैबीच, बाढी पूर्वानुमान महाशाखाले आज(मंगलबार)७ बजे बिहान बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै आज देशका प्रमुख तथा मझौला नदी कन्काई, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली लगायतमा बहाब सामान्य रहने तथा सबैमा बहाब सतर्कता भन्दा तलै हुने पूर्वानुमान गरेको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया