Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

गौरादह, ७ असार २०७८ । झापामा जारी निषेधाज्ञा थप केही खुकुलो बनाई पुनः एक साताको लागि लम्ब्याएको छ । जिल्लामा आज बसेको डीसीसीएमसीको बैठकले जारी निषेधाज्ञालाई छैटौं पटक थप गर्दै असार १४ गते राति १२ बजेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो ।

बैठकले कोभिड-१९ को संक्रमणको दर झापामा घट्दो क्रममा रहेको भएतापनि संक्रमणको जोखिम रहिरहेको जनाउँदै असार ७ गते मध्य राति १२ बजेदेखि असार १४ गते मध्य राति १२ बजे सम्म निषेधाज्ञा जारी राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले जानकारी दिनुभयो ।

यस पटकको निषेधाज्ञामा औषधी र स्वास्थ्य सामाग्री, ईन्धन बाहेक अन्य पसल तथा व्यवसाय पुर्ण रुपमा बन्द गर्ने तर खाद्यान्न, फलफुल, तरकारी, माछामासु, दुध डेरी, पस्तक, हार्डवेयर तथा निर्माणजन्य गाडीमोटरसाईकल शोरुम, टेलरिङ्ग, ड्राईक्लिनर्स, लत्ता कपडा, जुत्ता चप्पल, सुनचाँदी, कस्मेटीक, भाँडा, प्लाष्टिक तथा मेशिनरी पसल स्वास्थ्य सुरक्षाको मापदण्डको अनिवार्य पालना गरि बिहान ६ बजे देखि मध्यान्ह १२ बजे सम्म सञ्चालन गर्न पाइने छ । होटल तथा रेष्टुरेन्ट टेक अवे सेवा मात्र सञ्चालन गर्न पाइने छ ।

मलखाद बिउ विजन, कुखुराका चल्ला दाना, पशपन्क्षीका आहार बिहान १० बजे देखि बेलुका ५ बजे सम्म सञ्चालन गर्न पाइने । मोटर वर्कशपहरुले स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी न्यूनतम कामदारहरुको उपस्थितिमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न पाइने । यस अघि ५ देखि १० बजे सम्म व्यवसाय सञ्चालन गर्न पाउने निर्णय भएको थियो । साथै कार्यालय सञ्चालनको हकमा भने अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमा लगायतका कार्यालहरुले सेवा स्थगन गर्ने उल्लेख छ त्यस्ता कार्यालयमा न्युनतम कर्मचारी मात्र उपस्थित भई कार्यालयको आन्तरिक प्रशासन सञ्चालन गर्न पाउने । त्यस्तै बैंक तथा वित्तिय संस्थाहरुले न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्ने, साथै एटिएम आउटलेटहरु २४ सै घण्टा सञ्चालन हुने व्यवस्था मिलाउने ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया