कास्की, ४ असार २०७८ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संसदबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । मतादानमा उहाँले ३१ मत प्राप्त गर्नु भएको हो ।

उहाँले शुक्रबार ५९ सांसद रहेका गण्डकी प्रदेशसभामा ३१ सांसदले नेपालीको पक्षमा मतदान गरे भने २७ सांसद विपक्षमा उभिएका हुन ।
सत्ता साझेदार दल नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको ११, जनता समाजवादीको २ र जनमोर्चाको २ तथा स्वतन्त्र सांसदको मत नेपालीले पाउनु भयो ।

अघिल्लो पटक विपक्षी गठबन्धनमा मतदान नगरेपछि जनमोर्चाले आफ्ना सांसद कृष्ण थापालाई कारबाही गरेको थियो ।गोरखापत्र अनलाइनबाट साभार

 

तपाईको प्रतिक्रिया

Comments