Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १ असार २०७८ । प्रदेश १ सरकारले आफ्ना मातहतका कर्मचारीलाई खाजा खर्च उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को आयव्ययको विवरण प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बोहाङ्गले कर्मचारीलाई हाजिरीका आधारमा खाजा खर्च उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘कर्मचारीको प्रोत्साहन बढाउनका लागि २०७८ साउन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले कार्यालयमा हाजिर भएको दिनको आधारमा १ सय रुपैयाँ खाजा खर्च दिइने छ ।’

 

तपाईको प्रतिक्रिया