Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

अनलाइनविचार

गौरादह, १ असार २०७८ । आगामी ३ दिन केहि साना नदीमा बहाव बढ्ने र केहिमा आकस्मिक बहाब भई सर्तकता तह पुग्ने भन्दै नेपाल बाढी सूचनाले सावधानी अपनाउन सूचना जारी गरेको छ । बाढी पूर्वानुमान शाखाले बुलेटिन जारी गर्दै अबको ३ दिन कालीगण्डकी, तिनाउ, पश्चिमराप्ती, बबई, भेरी र यसका सहायक नदी जलाधार लगायत गण्डकी, लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशको चुरे, तराई भई बहने केहि साना नदीमा बहाव बढ्ने र केहिमा आकस्मिक बहाब भई सतर्कता तह पुग्ने, साना नदी तटिय क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरेको हो ।

मंगलबार(आज) र यसका सहायक नदीमा बहाब सामान्य रहने नारायणी, कर्णाली र महाकाली जलाधारका केहि स-साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाब केहि बढ्ने र केहि स-साना नदीमा बहाब सतर्कता तह आसपास पुग्न सक्ने अनुमान गरिएको छ । यस्तै, आज कन्काई र यसका सहायक नदीहमा बहाब सामान्य घटबढ हुने कमला, बागमती लगायतमा बहाब बढ्ने तर सर्तकता भन्दा तलै हुने, पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ, बबईका ससाना नदी जलाधारमा बहाब बढ्ने र केहिमा सतर्कता तह पुग्न सक्ने पुर्वानुमान गरिएको छ ।

यस्तैगरी, आज कालिगण्डकी, भेरी र यसका सहायक नदी जलाधार लगायत प्रदेश २ को बारा, पर्सा, रौतहट, बागमती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, काठ्माडौं, चितवन, गण्डकी प्रदेशको गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, नवलपुर, लुम्बिनी प्रदेशको पारसी, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ, बाँके, बर्दिया, रुकुम, कर्णाली प्रदेशको सुर्खेत , सल्यान, दैलेख, जाजरकोट, सुदुरपश्चिम प्रदेशको कंचनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, र्दाचुला र आसपास जिल्ला भई बहने स-साना नदी जलाधारमा बहाब उल्लेख्य बढ्ने र केहिमा आकस्मिक बहाब भई सतर्कता आसपास हुने अनुमान गरिएको छ ।

यस्तै, भाोली २ गते बुधबार कोशी, महाकाली र यसका सहायक नदीमा बहाब सामान्य रहने तथा सतर्कता तलै हुने पुर्वानुमान छ । नारायणी, कर्णाली र यसका सहायक नदीमा बहाब केहि बढ्ने र केहि स-साना सहायक नदीमा बहाब सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान गरिएको छ । यस्तै, भोली कन्काई, कमला, बागमती र यसका सहायक नदीमा बहाब सामान्य रहने तथा सतर्कता तह भन्दा तलै हुने पूर्वानुमान छ । पश्चिम राप्ती, तिनाउ, बबईका स-साना नदी जलाधारमा बहाब बढ्ने र केहिमा सतर्कता तह आसपास सम्म पुग्ने पूर्वानुमान गरिएको छ ।

यस्तै, भोली नै कालीगण्डकी, भेरी र यसका सहायक नदी जलाधार लगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्य पहाडी, तराई र चुरेको भुभाग भई बढ्ने साना नदीमा बहाब उल्लेख्य बढ्ने र केहिमा आकस्मिक बहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।

असार ३ गते बिहिबार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब सामान्य घटबढ हुने तथा सबैमा बहाब सतर्कता भन्दा तलै हुने पूर्वानुमान छ । कन्काई, कमला, बागमती र यसका सहायक नदीमा बहाब सामान्य रहने तथा सतर्कता तह भन्दा तलै हुने पूर्वानुमान छ भने तिनाउ, पश्चिम राप्ती र बबईका केहि ससाना नदी जलाधारमा बहाब बढ्दो हुने र केहीमा आकस्मिक बहाब हुन सक्ने पूर्वानुमान छ । यस्तै, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको चुरे र तराई भई बहने स-साना नदीमा बहाब केहि बढ्ने र केहि स-साना नदीमा आकस्मिक बहाब पनि हुन सक्ने पूर्वानुमान गरिएको छ ।

यसैबीच, मंगलबार(आज) बिहान ८ः३० बजे बढीगाड नदी रुद्रबेनी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले उक्त नदी जलाधारमा थप वर्षा हुने सम्भावन भएकाले तटिय क्षेत्रमा आज राति सम्म उच्च सतर्कता अपनाउन नेपाल बाढी सूचनाले अनुरोध गरेको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया