Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, ३१ जेठ २०७८ । झापाको कमल गाउँपालिकाबाट लागु औषध ब्राउन सुगर सहित एक जना पुरुष पक्राउ परेका छन् । कमल गाउँपालिका-३ स्थित डाडाटोल घर भएका २२ वर्षिय बले भन्ने प्रज्वल बानियाँ पक्राउ परेका हुन् ।

आईतबार दिउँसो ३ बजेको समयमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीको टोलीले विशेष सुचनाको आधारमा निजको आफ्नै घरबाट खानतलासी गर्दा ४ ग्राम(प्लाष्टिक सहित)ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ फेला पारी निजलाई तत्कालै नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखिएको र आज नै झापा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान तथा कानुनी प्रकृया अगाडि बढाईने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक(डिएसपी)तथा प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया