Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

अनलाइन विचार
गौरादह, ३१ जेठ । झापाको गौरादह- ४ स्थित डोरामारी माध्यमिक विद्यालयमा ४० बर्ष सेवा गर्नुभएका पूर्व कर्मचारी राम बहादुर कार्कीको निधन भएको छ ।

फोक्सोको बिरामी वहाँको ७० बर्षको उमेरमा निजि निवास डोरामारीमा आइतवार राती ११ः३० बजे निधन भएको डोरामारी माध्यमिक विद्यालयका प्रधानाध्यापक केदारबहादुर भण्डारीले बताउनु भयो ।

शिक्षा क्षेत्रमा लामो समय योगदान गर्नुभएका हँसिलो मुद्रका, इमान्दार ,कर्तव्यनिष्ठ, सालिन ब्याक्तित्वका धनी रामबहादुर दाइ सबैका प्रिय हुनुहुन्थ्यो । २०७२ सालमा विद्यालयबाट अवकास हुनुभएका  कार्कीका १ छोरा र श्रीमती हुनुहुन्छ ।

कार्कीको पार्थिब शरिरलाई धर्म परम्परा अनुसार आजै स्थानीय फकिरडिपको गेउरिया घाटमा अन्त्यष्टी गरिने वहाँका भाइ गणेश कार्कीले बताउनु भयो ।

 

तपाईको प्रतिक्रिया