Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

अनलाइनबिचार, गौरादह, ३० जेठ २०७८ । झापा जिल्लाको गौरादह नगरपालिका १ मा रहेको जनता माध्यमिक विद्यालयले लकडाउनको बीच शैक्षिकशत्र २०७७ को बार्षिक परीक्षाफल प्रकाशन गरेको छ । लकडाउनको पालना गर्दै विद्यालयको सूचना पार्टीमा टाँस गरेर तथा विद्यालयको आधिकारीक पेजबाट नतिजा सार्बजनिक गरिएको हो ।

विद्यालयले शैक्षिक शत्रको बीचबीचमा लिएको मासिक, त्रैमासिक, रेजा(क्यास) तथा आन्तरिक मूल्यांकनलाई आधार मानेर बार्षिक परीक्षाको नतिजा आज प्रकाशन गरेको विद्यालयका प्रधानाध्यापक हरिप्रसाद अधिकारीले बताउनु भयो । साधारण धार तर्फका कक्षहरु १, २, ३, ४, ५, ६, ७ र ९ कक्षाको रिजल्ट सार्बजनिक गरिएको हो ।

यस विद्यालयमा साधारण धार तर्फ नेपाली र अंग्रेजी दुबै माध्यमका कक्षाहरु संचालित रहेका छन् । त्यसैगरी प्राविधिक धार कम्प्युटर इन्जिनियरिङ तर्फ कक्ष ९ देखि १२ सम्मका कक्षहरु संचालित छन् । प्राविधिक धार तर्फ कम्प्युटर इन्जिनिररिङ कक्षा ९ को परीक्षा अनलाइन माध्यमबाट भैरहेको र केही दिन पछि नतिजा प्रकाशन हुने प्रधानाध्यापक अधिकारीले बताउनु भयो । कक्षा ८ को जिल्ला स्तरीय परीक्षाको नतिजा पनि प्रकाशनको अन्तिम तयारीमा रहेको नगरपालिकाको शिक्षा शाखाले बताएको छ ।सबै कक्षाको नतिजा हेर्न तलको पिडिएफ क्रमशः क्लिक गर्नुहोस् । 

[pdf-embedder url=”https://www.onlinebichar.com/wp-content/uploads/2021/06/janta.pdf.pdf”]

तपाईको प्रतिक्रिया