Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

झापा, ३० जेठ २०७८ । कोभिड-१९ को संक्रमणको जोखिम अझै पनि नघटेको भन्दै झापामा जारी निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । बैठकले असार ७ गते सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले भोली मध्यराती १२ बजेदेखी लागु हुनेगरि असार ७ गते मध्यराती १२ बजेसम्मको लागि निषेधाज्ञा लम्बाउने निर्णय गरे पनि केही खुकुलो बनाएको हो ।

बैठकले खाद्यान्न, माछा मासु, तरकारी, फलफूल, हार्डवेयर, पुस्तक पसलहरू अब प्रत्येक दिन बिहान ६ बजेदेखि बिहान १० बजेसम्म खुलाउने निर्णय गरेको छ । ती पसलहरूले सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनु पर्ने हुन्छ ।

त्यस्तै मल खाद, बिउँ विजन, कुखुराका चल्ला, दाना, पशुपक्षी आहार सम्बन्धी पसल बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइने, मोटर वर्कसप बिहान ११ देखि २ बजेसम्म सञ्चालन गर्न पाइने, विकास निर्माण सामग्रीहरू ढुवानी गर्न सवारीसाधनहरूले बेलुका ७ देखि बिहान ६ बजेसम्म सञ्चालन गर्न पाउने र अत्यावश्यक सेवाहरू बाहेकका सबै प्रकारका सार्वजनिक एव निजी सवारीसाधन असार ७ गते सम्म सञ्चालन गर्न नपाउने लगायत निर्णय भएको प्रशासन कार्यालय झापाले जनाएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया