Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, २८ जेठ २०७८ । कोरोना (कोभिड-१९) को समयमा त्रिभुवन विश्वविद्यालयले वैकल्पिक उपाय दिन नसक्दा करिब साढे दुई लाख विद्यार्थी दुई वर्षदेखि एकै कक्षामा अध्ययन गर्न बाध्य छन् । ढिलै भएपनि अनलाइन फारम खुलाए पनि विद्यार्थीले समस्या भोगिरहेका छन् । गत वर्ष भदौमा सम्पन्न हुनुपर्ने परीक्षा अब भने जुनसुकै अवस्थामा श्रावण मसान्तमा सक्ने तयारी परीक्षा नियन्त्रण कार्यालयले गरेको छ ।

अनलाइनबाट फारम भर्दा साथी र आफ्नो रजिष्टेशन नम्बर एउटै भएको र त्यसले समस्या गराएको शोभा पुरी बताउनुहुन्छ । त्यस्तै अर्का विद्यार्थी गणेश खड्कालाई पनि अनलाइन फारम भर्नका लागि संचारको समस्या भएको बताउनुहुन्छ ।

त्रिभुवन विश्वविद्यालय स्नातक तहको पुरानो प्रथम वर्षका विद्यार्थीको परीक्षाका लागि अनलाइन फारम भर्दा आएको विद्यार्थीको समस्या हो । स्नातक तह प्रथम वर्षमा नियमित र आंशिक गरि साढे दुई लाख विद्यार्थी छन् । नियमित तर्फका विद्यार्थीले फारम भरेको झन्डै दुई वर्षसम्म पनि प्रथम वर्षको परीक्षा दिन पाएका छैनन् ।

अनलाइनमा फारम भर्न समेत नजान्दा विद्यार्थीलाई समस्या त छ नै क्याम्पस प्रशासनसमेत समस्या परेको पशुपति बहुमुखी क्याम्पसका नि। प्रमुख, चन्द्रप्रसाद पन्त बताउनुहुन्छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले सम्भव भएसम्म आगामी साउन दोस्रो साता भौतिक रूपमै परीक्षा लिने तयारी गरेको छ  । सामान्य अवस्था हुन्थो भने पहिलो वर्षको परीक्षा गत वर्षको भदौ महिनामा हुनुपर्ने थियो, तर विश्वविद्यालयले अर्को भदौ महिना आउन लाग्दा समेत परीक्षा गराउन सकेको छैन ।

पहिलो प्राथमिकता साउन मसान्त भित्र विद्यार्थीलाई पाएक पर्ने ठाउँबाट परिक्षा लिने त्यो सम्भव भएन अनलाइनबाट पनि परिक्षा लिने र अनलाइनबाट सम्भव नभए अन्ने विकल्प खोज्ने त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशी बताउनुहुन्छ ।

स्नातक दोस्रो वर्षको परीक्षाको भइरहेको अवस्थामा कोभिड संक्रमण पढेपछि स्थगित भएको थियो  । दोस्रो वर्षका बाँकी विषयको परीक्षा प्रथम वर्षको भन्दा पहिले नै साउन पहिलो साता सुरु गर्ने त्रिविको तयारी छ  ।

करिब २ वर्ष एकै कक्षामा पढ्नुपर्ने वाध्यता भए पनि अर्को वर्षमा त्यसलाई मिलान गरेर स्नातक तह समयमै सक्ने त्रिविको दाबी छ । क्यालेण्डर खेर जान नदिने त्रिविको प्रयास पटक–पटक असफल भएको छ । अब अनलाइनबाटै परीक्षा लिने बाटोमा अघि बढेपछि विद्यार्थीमा आशा जागेको छ ।ईमेजखबरबाट

 

तपाईको प्रतिक्रिया