Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, २७ जेठ २०७८ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदमुक्त हुनुभएको छ । बिहीबार प्रदेशसभा बैठकमा भएको मतदानमा विश्वासको मतका प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री गुरुङ स्वतः पदमुक्त हुनुभएको हो ।

५८ सांसद् उपस्थित रहेको प्रदेशसभामा २७ जनाले मुख्यमन्त्रीको पक्षमा मतदान गरेका थिए भने ३० जनाले मुख्यमन्त्रीको विपक्षमा मतदान गरेका थिए । राष्ट्रिय जनमोर्चाका सांसद् कृष्ण थापाले मतदान गर्नुभएन ।

गत वैशाख २७ गते गण्डकी प्रदेश प्रमुख सीतादेवी पौडेलले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री गुरुङलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । उपधारा ४ बमोजिम मुख्यमन्त्री गुरुङ ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्थ्यो ।

मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेसँगै अब संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकारका लागि ढोका खुलेको छ ।ईमेजखबरबाट

 

तपाईको प्रतिक्रिया