Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

दमक, २३ जेठ । नेपाल शिक्षक महासंघ केन्द्रले घोषणा गरेको आन्दोलनको कार्यक्रम अनुरुप नेपाल शिक्षक महासंघ झापाले आज माननीय साम्सदहरुसङ्ग अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ।

अन्तरक्रियामा सामुदायिक शिक्षा क्षेत्र सुधार र त्यहाँ कार्यरत शिक्षक कर्मचारिहरुको समस्याहरुको समाधान लगाएतका बिबिध विषयमा छलफल भएको हो । नेपाल शिक्षक महासंघले बिगत लामो समयदेखि सरकारसङ्ग शिक्षाका माग राख्दै आएको तर सरकारले शिक्षक आन्दोलन रोक्नका लागि मात्रै सम्झौता गर्दै आएको र कार्यन्वयन नगरेको अन्तरक्रियामा सहभागि अधिकांसले बताएका छन् ।

राज्य आफैले गरेका सहमति सम्झौता र प्रतिवद्धताबाट च्युत भएर शिक्षा क्षेत्र र शिक्षक कर्मचारीलाई चरम विभेद गर्न उद्धत भएको कारण शिक्षासंग सम्बन्धित महत्त्वपूर्ण मागहरु सम्बोधन गराउन आन्दोलनको बिकल्प नभएको निष्कर्षमा अन्तरक्रियामा सहभागिहरु पुगेको शिक्षक महासङ्ग झापाका उपाध्यक्ष बद्रि कार्कीले बताए।

नेपाल शिक्ष महासंघ झापाले प्रदेश नम्बर १ मा प्रतिनिधित्व गर्ने दलहरुबाट प्रतिनिधिमुलक रुपमा नेपाली काङ्ग्रेसको तर्फबाट माननीय ओम सरावगी, एमालेको तर्फबाट माननीय वसन्त बानियाँ र नेकपा माओवादी केन्द्रको तर्फबाट माननीय झलकसिङ दर्लामिलार्इ आमन्त्रण गरि अन्तर्कृया कार्यक्रम गरेको हो।

नेपाल शिक्षक महासङ्ग झापाका सह अध्यक्ष छविलाल दवाडिज्युको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महासंघ जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरु,आवद्ध तथा सम्बद्ध सस्थाका प्रमुख तथा प्रतिनिधिहरु,स्थानीय महासङ्गका अध्यक्ष सचिव तथा सदस्यज्युहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा महासंघ जिल्ला उपाध्यक्ष बद्री कार्किले छलफलको लागि कार्यपत्र प्रस्तुत गरेका थिए । कुल बजेटको शिक्षामा लगानि न्युनतम २० प्रतिशत गर्नुपर्ने,राष्ट्रिय शिक्षा ऐन तत्काल जारी गर्नु पर्ने,माध्यमिक तहको शिक्षा संघ वा प्रदेश मातहत राख्न संबैधानिक ब्यवस्था गर्नु पर्ने,नेपाल सरकार र महासङ्ग बीच भएको ३० बुदे सहमती कार्यन्वयन गर्नु पर्ने,प्रारम्भिक बाल कक्षाका शिक्षक र कर्मचारिको वृद्धि गर्नु पर्ने, फरक फरक नामबाट नियुक्ति भएका शिक्षकलाइ प्रक्रिया पूरा गरि स्थायी शिक्षकमा रुपान्तरण गर्नु पर्ने,सङ्क्रमणको समयभरको निजि विद्यालयका शिक्षकहरुको सेवा सुबिधा सम्बन्धमा राज्यले बिशेष ब्यवस्था गर्नु पर्ने,शिक्षक अस्पतालको ब्यवस्था गर्नु पर्ने ,शिक्षक सेवा आयोगलाइ संबैधानिक आयोग बनाउनु पर्ने,कोभिड विरुद्धको खोप शिक्षक,कर्मचारी,अभिभावक र बालबालिकालाइ तत्काल उपलब्ध गराउनु पर्ने तथा कोरोनाका कारण जीवन गुमाएका शिक्षक कर्मचारिको परिवारलार्इ उचित क्षतिपूर्तिको ब्यवस्था गरि बालबच्चाले निशुल्क शिक्षा पाउने अवसरले सरकारले तत्काल गर्नु पर्ने उपाध्यक्ष कार्किको आधार पत्रमा उल्लेख गरिएको थियो।

अन्तर्कृया कार्यक्रममा बिर्तामोड न पा महासङ्ग अध्यक्ष युवराज कट्टेल, एकिकृत अखिल नेपाल शिक्षक संगठन झापा जिल्ला अध्यक्ष कपिल तिम्सिना,शिक्षक झापा सचिव योगेन्द्र पौडेल लगायतले आधार पत्रमा प्रस्तुत मागहरु सरकारले तत्काल पूरा गर्नु पर्ने नत्र कडा अन्दोलनमा जानुपर्ने धारणा राखेका थिए।

छलफलमा उठेका बिषयबस्तुहरु र आधारपत्र माथि माननीय द्वय ओम प्रकाश सरावगी र झलकसिङ दर्लामिले शिक्षक महासङ्गका मागहरु अत्यन्तै महत्त्वपूर्ण र सरकारले चाहदा सहजै पूरा गर्न सक्ने रहेकोले सम्सदमा गहनरुपमा उठाउने प्रतिबद्धता ब्यक्त गरेको बताइएको छ ।

उहाँहरुले बाल शिक्षक र कर्मचारिको सेवासुबिधा अत्यन्तै न्यून भएको र भर्खरै सरकारले बजेट भाषणबाट वृद्धि गरेको भनिए पनि स्थानीय तहले बेहोर्नु पर्ने सर्त सहितको नीति गलत भएकोले तत्काल सच्च्याएर संघले नै बढेको सुबिधा उपलब्ध गराउनु पर्ने धारणा समेत राखेका थिए ।  नेकपा एमालेका साम्सद बानियाँ भने समयको ब्यस्तता देखाउदै कार्यक्रममा उपस्थित हुन नसकेको आयोजकले बताएका छन् ।

भर्चुअल बिधिबाट संचालित उक्त कार्यक्रमको सन्चालन नेपाल शिक्षक महासंघ झापाका सचिव तोयानाथ दाहालले गरेका थए।

तपाईको प्रतिक्रिया