Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, २२ जेठ २०७८ । विश्व वातावरण दिवसको अवसरमा गौरादह जेसीजले वृक्षारोपण कार्यक्रमको आयोजना गरेर मनाएको छ । ‘कृत्रिम अक्सिजनको अभावमा प्राकृतिक अक्सिजनको संरक्षण गरौं’ भन्ने मुल नाराका साथ विश्व वातावरण दिवस मनाइएको हो ।

त्यस अवसरमा गौरादह जेसीजले गौरादह-१ जनता माध्यमिक विद्यालयको प्राङ्गणमा वातावरणमैत्री कपुर लगायत अन्य बिरुवा गरेर १० वटा बिरुवा रोपिएको गौरादह जेसीजका अध्यक्ष एकराज घिमिरेले जानकारी दिनुभयो । विद्यालयमा हरियाली कायम गरी वातावरण संरक्षण गर्ने उद्देश्यले वृक्षारोपण गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो । यस्तै, विद्यालयले ठाउँ उपलब्ध गराएपछी जेसीजको स्थापना दिवसको अवसर पारेर थप अरु बिरुवाहरु पनि रोपिने बताउनुभएको छ ।

गौरादह जेसीजले यस वर्षको विश्व वातावरण दिवसको अवसरमा एक घर एक बिरुवा अन्तर्गत स्थानीयबासीहरुलाई आफुलाई पायक पर्ने ठाउँमा वृक्षारोपण गर्न आहवान गरिएको जेसीजका अध्यक्ष घिमिरेले बताउनुभयो । प्रत्येक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाइने गरिन्छ । वृक्षारोपण कार्यक्रममा जेसीजका सदस्यहरु, जनता मा.वि व्यवस्थापन समितीका अध्यक्ष इन्द्र गौतम, विद्यालयका प्रधानाध्यापक हरि अधिकारी लगायतको सहभागिता रहेको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया