Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, १९ जेठ । नेपाल शिक्षक संघ प्राबिधिक बिभाग झापाको आयोजनामा सन्चालित तीन दिने कार्यमूलक अनुसन्धान प्रतिवेदन लेखन भर्चुअल तालिम आज सम्पन्न भएको छ। यहि जेठ १७ देखि १९ सम्म तीन दिन सन्चालित उक्त तालिमको सहजिकरण शैक्षिक तालिम केन्द्र इलामका प्रशिक्षक श्री पुर्ण प्रसाद गौतमले गर्नु भएको थियो।

झापा जिल्लामा कार्यरत विभिन्न बिद्यालयका १०० जना शिक्षकहरुको सहभागिता रहेको उक्त तालिम कार्यक्रमको समापन नेपाल शिक्षक महासंघ सङ्घिय समितिका महासचिव श्री लक्ष्मिकिशोर सुबेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

तालिममा सहभागीहरुको तर्फबाट क्रमश: गणेश गिरी र रुक्मिणा भण्डारीले तालिम अत्यन्तै उपयोगी र फलदायी रहेको बिचार ब्यक्त गर्नु भएको थियो।नेपाल शिक्षक संघ झापाका सहसचिव कुमार खतिवडा ,नेपाल शिक्षक महासंघ झापाका सचिव तोयानाथ दाहाल,नेपाल शिक्षक संघ प्रदेश नम्बर १ का उपमहासचिव र वरिष्ठ उपाध्यक्ष क्रमश चित्रकला ओलि र तिलक सिंह पान्डे ,प्रशिक्षक तथा नेपाल शिक्षक संघ प्रदेश नम्बर १ का अध्यक्ष पुर्ण प्रसाद गौतम र प्रमुख अतिथी सुबेदीले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो।

प्रमुख अतिथी सुबेदीले शिक्षकका पेशागत मुद्दा सङसङ्गै क्षमता अभिबृद्धी सम्बन्धि यस्ता तालिमहरु प्रभावकारी हुने भन्दै तालिम कार्यक्रमको प्रसंसा गर्नु भएको थियो।वर्तमान महासंघले प्रस्तुत गरेका आन्दोलनमा एक्यवद्धता जनाउन आव्हान गर्दै सुबेदीले सेवानिबृत निवर्तमान अध्यक्ष बाबुराम थापाको भूमिका अक्ष्म्य र गैर जिम्मेवार रहेको भन्दै शिक्षकका सबै मुद्धाहरु सम्बोधन गराउन महासंघ प्रतिवद्ध रहेको र निकट भविश्यमै सरकारलार्इ सम्बोधन गर्न बाध्य बनाउने समेत बताउनु भयो।

कोभिडका कारण धेरै शिक्षकहरुले जीवन गुमाउनु भएकोमा सरकारप्रती रोष प्रकट गर्दै अब कोरोनाको खोप बिना शिक्षकलाई विद्यालय नपठाउने महासंघको अडान रहेको समेत उहाँले बताउनु भयो।

प्राबिधिक बिभागका संयोजक चेतामणी खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिभागकी सदस्य लता खरेलले स्वागत मन्तव्य राख्नु भएको थियो भने सन्चालन तालिम संयोजक बद्री कार्किले गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया