Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, १६ जेठ २०७८ । आफ्ना सांसदलाई कारवाही गर्ने विषयमा छलफल गर्न बोलाइएको नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आतबार साँझ ५ बजेका लागि बैठक बोलाइएको थियो ।

पार्टी सचिव शेरवहादुर तामाङ्गका अनुसार बैठक सोमबार बिहान १० बजे बस्ने गरी स्थगित गरेको हो ।

बैठकमा सरकारले अध्यादेशबाट ल्याएको बजेटको समीक्षा र देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग मागिएको स्पष्टीकरणका सन्दर्भमा थप कारवाहीको प्रक्रिया अगाडी बढाउने तयारी भैरहेको छ ।

यस्तै कोभिड संक्रमणको विषय तथा आगामी रणनीतिको विषयमा पनि छलफल हुने जनाइएको छ ।

सचिव तामाङका अनुसार शिर्ष नेतृत्वको कार्यव्यस्तता र समय अभावका कारण बैठक स्थगन भएको हो ।

बैठक सोमबार बालुवाटारमा बस्ने तय भएको छ ।

तपाईको प्रतिक्रिया