Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

सबिन खतिवडा
गौरादह, १० जेठ। योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल)ले आज झापाको गौरादहमा राँके जुलुस सहित संसद विघटनको बिरोधमा प्रदर्शन गरेको छ । आज साँझ गौरादह बजारबाट सुरु भएको राँके जुलुस डिपु चोकमा पुगेर केड सभामा परिणत भएको थियो । ​

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा चालिएको पछिल्लो असंवैधानिक कदमको भत्र्सना गर्दै वाइसिएल नेपाल गौरादह नगर समितिले बिरोध प्रदर्शन गरेको वाइसिएल नगर अध्यक्ष धर्म चौहानले बताए ।

आमुल परिवर्तनका युवा शक्तिहरु अब सरकारको असंवैधानिक रबैया र मनपारि सहेर नबस्ने ,प्रतिकारमा उत्रन सुरु भैसकेको कोड सभालाई सम्बोधन गर्दौ वाइसिएल अध्यक्ष चौहानले बताए । उनले आवसस्यक परेमा युवाहरु संविधानको रक्षार्थ बलिदनीको कोटा चुकाउन समेत तयार रहेको बताउदै प्रधानमन्त्रीको संरक्षणमा भ्रष्टचार मौलाएको बिरुद्धमा आक्रोस समेत ब्याक्त गरे ।

कोभिडको जोखिमलाई मध्यनजर गर्दै बिरोधको सांकेतिक कार्यक्रम अन्तर्गत राँके जुलुस गरिएको युवा नेता तथा वाइसिएल गौरादहका सल्लाहकार युवराज खनालले बताए । संसद विगठन गरेर असंवैधानिक कु गर्ने तथा कोरोना कहरको यस बिसम परिस्थतिमा सरकार खोप, औषधी तथा स्वास्थ्य सामग्री खरिद लगाएतमा भ्रष्टचारमा मुसिएर जनताको बीचमा गनाइसकेकोले युवाको आन्दोलन र खबरदारी आवस्यक रहेको खनालको भनाइछ ।

जुलुसमा असंवैधानधिक कदम खारेज गर, संसद पुनर स्थापना गर, केपी ओली राजिनामा दे , नागरिकको स्वास्थ्यमा खेलबाड गर्न पाइदैन ,वाइसिएल नेपाल जिन्दावाद, वीर सहिद अम्मर रहुन लगाएतका नारा लगाइएको वाइसिएल गौरादहका नगर उपाध्क्ष सुनिल खड्काले बताए ।
गत शुक्रबार मध्यराती सरकारको सिफारिसमा राष्ट्रपतिले फेरि संसद भंग गरेपछि विद्यार्थी, युवा संगठन तथा प्रमुख प्रतिपक्षी दल लगायतले देशैभरी यसको चर्को बिरोध गरिरहेका छ्न् ।

तपाईको प्रतिक्रिया