Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौँ, ८ जेठ २०७८ । शुक्रबार मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद विघटन सँगै चुनावको मिति घोषणा गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा भंग र नयाँ निर्वाचनको मिति तोक्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ ।

मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकेपछि प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार कात्तिक २६ र मंसिर ३ गते निर्वाचनका लागि मिति तय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गरिएको जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेकी थिइन् । राष्ट्रपतिको निर्णयपछि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दै नयाँ चुनावको मिति तोकेका हुन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको यो दोस्रो पटक हो । यसअघि गत पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गर्दै चुनावको मिति तोकेका थिए । तर फागुन ११ गते सर्वोच्च अदालतले ओलीको कदम असंवैधानिक भएको ठहर गर्दै प्रतिनिधिसभा पुनःस्थापना गरिदिएको थियो ।कान्तिपुरबाट

 

तपाईको प्रतिक्रिया