Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठ्माडौं, ८ जेठ २०७८ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केही बेरमा बैठक सुरु हुन लागेको एक मन्त्रीले जानकारी दिएका छन् ।

शुक्रबार साँझ ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दावी गर्न राष्ट्रपतिले दिएको सयममा विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवाले १ सय ४९ सांसदको समर्थन रहेको हस्ताक्षर राष्ट्रपतिलाई बुझाएका थिए भने त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले १ सय ५३ सांसदको आफूलाई समर्थन रहेको भन्दै आफ्नो दावी पेस गरेका थिए । तर राष्ट्रपति कार्यालयले दुबै पक्षको दावी नपुगेको भन्दै दुबैजनालाई प्रधानमन्त्रीमा नियुक्त गर्न नमिलेको बताएको छ ।रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया