वडा कार्यलयमा सार्ने भनेको थियो खोइ कसरी पो त्यहाँ पुग्यो : अध्यक्ष बलराम खरेल
गौरादह, ५ जेठ । जुरोपानी स्वास्थ्य चौकीको गौरादह ७ ग्वालडुब्बाको कार्यलय आधारभूत पूर्वाधार नै नभएको ठाउँमा सारिएको छ । जुरोपानी समुदायीक पुस्तकालयको भवनमा सारिएको कार्यलयमा बिद्युत, खानेपानी तथा शौचालय लगाएतका सुविधा सम्म पनि छैन ।
सो भवनमा सौचालयको सेफ्टी ट्याँकी निर्माण अधुरै छाडिएको छ भने बिद्युत जडान नै गरिएको छैन । त्यसैगरी खानेपानी धारा तथा ट्युवेल सम्म पनि नभएको सो भवन तत्काल कार्यलय संचालनको लागि कसरी उपयुक्त ठहर गरियो ?
जुरोपानी स्वास्थ्य चौकीका प्रमुख होमबहादुर अधिकारीका अनुसार स्वास्थ्य चौकी आफ्नो नयाँ भवनमा सरेको एक महिना नपुग्दै अर्को स्थानमा बिना जानकारी सारिएको हो । आधारभूत पूर्वाधार नै नभएको भवनमा स्वास्थ्य चौकी जस्तो कार्यलय सारिनु अत्यन्तै खेदजनक भएको उनको भनाइ छ ।
अन्य स्थानहरुमा बिकल्प हुँदाहुँदै पनि स्वास्थ्य चौकी भवनमा आधिकारिक निर्णय र जानकारी नै नगरी आइसोलेसन होल्डिङ सेन्टर बनाइएको कारण स्वास्थ्य चौकी सारिएको अधिकारीले गुनासो गरे । आइसोलेसनमा २ जना संक्रमित राखिएको र उनीहरुलाई नजिकैको अतिथिसदनको आइसोलेलनमा सारिएमा स्वास्थ्य चौकी अर्को स्थानमा सार्नु नपर्ने अधिकारीले जिकिर गरे ।
स्वास्थ्य चौकी भवन बाहेक अन्यत्र स्थानमा आइसोलेसन संचालन गर्न संभव छ कि छैन भन्ने अनलाइन विचारको जिज्ञासामा नगर स्वास्थ्य शाखा प्रमुख पर्शुराम भट्टराईले भने गौरादह ७ कै अतिथि सदनको भवनमा आइसोलेसन संचालन गएिको छ भने गौरादह ५ मा रहेको नमुना खेतिको पाहुन घरमामा पनि संचालन गर्न सम्भव छ । स्वास्थ्य चौकी सारिएको विषयमा भने आफूलाई पनि चित्त नबुझेको भट्टराईले बताए ।
सारिएको कार्यलय भवनमा विद्युत नहुँदा डिपफ्रिजमा आइसप्याडको तयारी, औषधि भण्डारण लगाएतको ब्यवस्थापन गर्न नसकिएको कार्यलयकी सिनियर अनमी पद्म कुमारी भट्टराईले बताइन ।
कार्यलयमा क्षयरोगी, गर्भवती, सुत्केरी तथा खोपलगाउने बालबालीकाहरु नियमित सेवा लिन अउने हुन्छन् तर पानी, शौचालय तथा विद्युत र झ्यालमा सिसा नभएको कार्यलयबाट सेवा दिन असजिलो भएको र कर्मचारीहरु मानसिक दबाबमा रहेको उनको भनाइ छ ।
२ दिन अगाडि बैशाख ३ गते स्वास्थ्य चौकीमा नगर प्रमुख रोहित कुमार शाह आफै उपस्थित भएर स्वास्थ्य चौकी ७ नं वडा कार्यलय भएको भवनमा सार्न निर्देशन दिएको समेत भट्टराईले बताइन ।
स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष तथा सोही वडाका अध्यक्ष बलराम खरेललाई स्वास्थ्य चौकी पानी, बिजुली र शौचालय नै नभएको भवनमा किन सारियो भन्ने प्रश्न गर्दा वडा कार्यलयमा सार्ने भनेको थियो खोइ कसरी पो त्यहाँ पुग्यो भनेर उनले अनबिज्ञता जनाए ।
नगर स्वास्थ्य शाखा तथा स्वास्थ्य चौकी ब्यवस्थापन समिति र नगरपालिका कुनै तहमा पनि स्वास्थ्य चौकी सार्ने आधिकारिक निर्णय नगरी पूर्वाधार नै नभएको भवनमा स्वास्थ्य चौकी सारिनु स्वास्थ्यमा गरिएको लापरवाही पक्कै हो ।






