Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

काठमाडौं, ३ चैत २०७७ । प्रतिनिधिसभाको बैठक चैत ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । मंगलबार संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित र सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गरेको जानकारी गराइएको थियो ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले संविधानसभा सदस्य यादवको निधनमा दुस्ख व्यक्त गर्दे शोक प्रस्ताव पारित गरेको हो । स्वर्गीय यादव २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्रीसमेत रहेका यादवको ७५ वर्षको उमेरमा गत माघ १ गते निधन भएको थियो ।

त्यस्तै तत्कालीन सांसद सरिता गिरीलाई कारबाही गरिएको र रिक्त स्थानमा नयाँ सदस्य पूर्ति गरिएकोबारे पनि सभामुख सापकोटाले सदनलाई जानकारी गराएका थिए ।

शोक प्रस्ताव पारित गर्नुअघि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदरु डिला संग्रौला पन्त, मान बहादुर विश्वकर्मा, राधा कुमारी ज्ञवाली, रेखा शर्मा, रेणु कुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेलाई मनोनयन गरेको जानकारी गराएका थिए ।

 

 

तपाईको प्रतिक्रिया