Online Bichar
बुधबार, पौष ०२, २०८२ | Wednesday, December 17, 2025

गौरादह, ३ चैत २०७७ । गौैरादह बजार-१ स्थित शुभलक्ष्मी सहकारी संस्था लिमिटेडले दुर्घटनामा परी मृत्यु भएका शेयर सदस्यको परिवारलाई मंगलबार(आज)दुर्घटना मृत्यु बिमा रकम र सदस्य राहत रकम हस्तान्तरण गरेको छ ।

संस्थाको नियमानुसार आफ्नो शेयर सदस्यको मृत्यु पश्चात संस्थाले राहत स्वरुप नगद सहयोग गर्दै आइरहेको संस्थाका व्यवस्थापक तिलक बहादुर कार्कीले बताउनुभयो । सोही अनुरुप दुर्घटना बिमा रकम बापत १ लाख र सदस्यको शेयर बराबरको रकम गरेर सदस्य राहत बापत ४३ हजार ५ सय गरि कुल १ लाख ४३ हजार ५ सय राहत रकम मृतकका आफन्तलाई हस्तान्तरण गरिएको व्यवस्थापक कार्कीले जानकारी दिनुभयो ।

गौरादह-१ घर हुनुभएका शुभलक्ष्मी सहकारी संस्थाका शेयर सदस्य ५४ वर्षिय इन्द्र बहादुर भुजेलको फागुन २७ गते बिहिबार दमक-५ स्थित गोर्खा डिपार्टमेन्ट नजिक सडकखण्डमा स्कुटर दुर्घटनामा परी मृत्यु भएको थियो ।

मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्तिको कामना गर्दै संस्थाका अध्यक्ष प्रकाश कार्कीले राहत रकम १ लाख ४३ हजार ५ सय रुपैयाँ परिवारलाई हस्तान्तरण गर्नुभएको हो ।

 

तपाईको प्रतिक्रिया