Online Bichar
बुधबार, पौष ०२, २०८२ | Wednesday, December 17, 2025

काठमाडौं, २ चैत २०७७ । नेकपा (एमाले)का प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच भएको छलफल सकारात्मक भएको छ ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको दुई पक्षबीचको छफफलमा दुवैले एकअर्काको अडान राखेको नेपाल पक्षीय नेता रघुजी पन्तले जानकारी दिनुभयो ।

आफूहरूले फागुन २८ गते बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय मान्य नहुने जानकारी गराएको उहाँको भनाइ छ ।

पन्तले पार्टीको बैठक बालुवाटारमा गर्नुपर्ने, सबैलाई नबोलाइ गरिएको केन्द्रीय कमिटी बैठकका निर्णयहरू मान्य नहुने विषयमा आफ्ना अडानहरू राखेको स्पस्ट पार्नुभयो ।

उहाँले दुवै पक्षले आ–आफ्ना कुरा राखे पनि नेकपा एमालेलाई सुदृढ बनाएर लैजाने पक्षमा दुवै पक्ष सहमत भएको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया